लकडाउनकाबीच अध्यादेशविरुद्ध नेविसंघको सांकेतिक प्रदर्शन

धनगढी । सरकारले ल्याएको अध्यादेशविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज विहान धनगढीमा सांकेतिक प्रदर्शन गरेको छ । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनकाबीच पनि नेविसंघ प्रदर्शनमा उत्रिएको हो ।

उनीहरुले सुदूरपश्चिम प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेको हुन् । उनीहरुले विवादास्पद अध्यादेश फिर्ता गर, जनताको जीवन रक्षमा केन्द्रीत गरलगायतका नाराहरु लेखिएका बोकेका प्लेकार्डहरु बोकेका थिए ।

संघका केन्द्रीय सदस्य विनय लामाको नेतृत्वमा सामाजिक दुरी कायम गरेर अध्यादेशविरुद्ध प्रदर्शन गरिएको थियो । केन्द्रीय सदस्य लामाले अध्यादेशले लोकतन्त्रमाथि नै खतरा उत्पन्न हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै लकडाउनकाबीच पनि प्रदर्शनमा उत्रिनुपरेको बताए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *