दैनिक तीन घन्टा सहकारी खोल्न मन्त्रालयको निर्देशन

ध्रुवराज खनाल

चितवन । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई दैनिक ३ घण्टा कार्यालय खोल्न निर्देशन दिएको छ ।

मन्त्रालयका रजिष्ट्रार केशव खनालले सार्वजनिक सूचना जारी गर्दै बढीमा ३ जना कर्मचारी खटाई दैनिक तीन घण्टा सेवा दिन निर्देशन दिएका छन् ।

आफ्ना सदस्यहरुलाई पर्न सक्ने आर्थिक समस्याबाट बचाउन सुरक्षाको विधि, उपाय र सामाजिक दूरी कायम राखि आफ्नो निक्षेप रकम उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।

लकडाउनपछि चितवनका अधिकांश सहकारी संस्था बन्द छन् । केही सहकारी संस्थाले भने दैनिक केही घण्टा सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =