खल्लो मातातीर्थ औंसी, मिठाई र फलफुल पसलमा ताल्चा

ध्रुवराज खनाल–चितवन । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । धेरैलाई यस पटकको यो पर्व खल्लो भएको छ । कोरोना भाइरस संक्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको लकडाउन लम्बिदा आमाको मुख हेर्ने दिन खल्लो बन्यो ।

माईतीसँग भेट हुन पाएन । औंसीका लागि प्राय धेरैले मिठाई र फलफुल कोसेली लैजाने गर्छन् । ति सामान लैजाने पसल बन्द छन् । अघिल्लो वर्षमा भ्याई नभ्याई हुने मिष्ठान्न पसलहरुमा अहिले ताल्चा लगाईएको छ । त्यस्ता पसल एकाध खुलेका छन् । धेरै जसो पसलमा सटर लगाईएको छ ।

खैरहनीको चौविसकोठीमा रहेको ऊं गणेश मिष्ठान्न भण्डारको सटर लगाईएको छ तर आउने ग्राहकहरुलाई एक एक गरि मिठाई बिक्री गरिरहेको छ । कसैले अर्डर गरे होमडेलिभरीको सुविधा समेत आजको दिनमा मिलाईएको संचालकले बताए ।

सडकमा गाडी गुडेका छैनन् । माईत नजिक हुनेहरु हिँडेरै त कोही साईकलमा गएको देखियो । सडकमा भेटिएका केहीसँगको कुराकानीमा उनीहरुले माईत जान नपाएपनि सासु आमाको मात्र मुख हेरेको प्रतिक्रिया दिए ।

अघिल्ला वर्षहरुमा पनि सासु आमासँगै आफ्नी आमाको मुख हेर्न पाईएकोमा यस पटक आमा सरह सासु आमाको मुख हेरेको वताए । सुचना प्रविधिका कारण धेरैले भिडियो कल गरेर शुभकामना आदान प्रदान गर्नुका साथै आमाको मुख पक्कै हेरे होलान् ।

तस्विरमा हेर्नुहोस् मातातीर्थ औंसीमा सुनसान सडक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =