समाजवादी पार्टीका सांसद तथा पुर्वमन्त्री यादवलाई प्रधानमन्त्रीकै ठाडो निर्देशनमा अपहरण गरिएको दावि !

काठमाडौं । समाजवादी पार्टीका सांसद तथा पुर्वमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरण भएको बुझिएको छ । उनलाई आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा अपहरण गरिएको पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले लेखेका छन् ।

आफ्नो फेसवुकमा उनले पार्टी फुटाउने प्रकरणमा पूर्व मन्त्री सुरेन्द्र यादवको अपहरण भएको उल्लेख गरेका छन् । उनले ‘ सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’ भनेका छन् ।

उनलाई पार्टी फुटाउन हस्ताक्षर गराउन सत्तारुढ दलले नै अपहरण गरेको दावि गरिएको छ । उनको अपहरणको पुष्टि गर्दै स्वकीय सचिव पाण्डेले पार्टी फुटाउन जवर्जस्ती हस्ताक्षर गराउनका लागि अपहरण भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यादवलाई स्थल मार्ग हुँदै जनकपुरबाट काठमाडौं ल्याउन लागिएको बताईएको छ । पूर्वमन्त्री यादव महोत्तरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । हाल उनको मोवाइल समेत अफ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =