एन आई सी एशिया बैंकले ल्यायो आमाको मुख हेर्ने दिन यस्तो अफर

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता दिने अफर ल्याएको छ ।

बैंकले फुडमाण्डू, ग्यापू मार्केट प्लेस तथा यूजी केक मार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता दिने अफर ल्याएको हो ।
बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी अनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।
बैंकले लकडाउन आवधिभर दराज् अनलाईनमा रहेका विग मार्ट, सेल्सवेरी, मेरो किराना, फुडमाण्डू तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ ।

यसका साथै, यस बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *