खैरहनीमा फागुन २८ गते देखि चैत ४ गते सम्म परिक्षा संचालन हुने

फागुन २१, चितवन । पुर्वी चितवनको खैरहनीमा फागुन २८ गते देखि चैत ४ गते सम्म परिक्षा संचालन हुने भएको छ । 

खैरहनी नगर प्रमुख एवं शिक्षा समिती संयोजक लालमणी चौधरीको अध्यक्षतामा आज बसेको बैठकले फागुन २८ गते देखि परिक्षा गर्ने निर्णय गरेको स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकरी दिए । 

 स्थानिय शिक्षा अधिकारी पौडेलका अनुसार फागुन २८ गते अनिवार्य गणीत , २९ गते अनिवार्य नेपाली ,३० गते सामाजिक तथा जनसंख्या , चैत १ गते अनिवार्य विज्ञान , चैत २ गते अनिवार्य अंग्रेजी , यस्तै चैत ३ गते क्रमश एैच्छिक बिषय सहित कम्पुटर र ४ गते सस्थ्य तथा नैतिक शिक्षाको परिक्षा हुने गरी कार्यतालीका सार्वजनिक गरीएको छ ।  

संघिय सरकारको शिक्षा मन्त्रालयले गरेको आग्रह अनुसार स्थानीय तहले पालना गर्दै परिक्षाको मिति संशोधन गरेको स्थानीय शिक्षा अधिकारी पौडेलले बताए । नयाँ तालिका सामुदायिक र सस्थागत दुबै विद्यालयम लागू हुने पनि उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *