प्रियंका र दीपिकालाई कोरोनाविरुद्धको लडाईमा साथ दिन आग्रह

फाेटाेः गुगल 

चैत्र ३, भारत । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व लडिरहेको छ । कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको छ । र संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।   

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले बिभिन्न व्यक्तिहरुलाई कोरोना विरुद्धको लडाईमा साथ दिन आह्वान गरिरहेका छन् ।   

Image result for priyanka with dipika

उनले ट्विटरमार्फत बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई पनि यस अभियानमा साथ दिन आग्रह गरेका छन् ।   

प्रियंका र दीपिकालाई सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा हातेमालो गर्न आग्रह गरेका हुन् । महानिर्देशक एधानोमले हलिउडमा समेत चर्चित रहेका यी दुई अभिनेत्रीलाई डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने अभियानमा सहभागी हुन अपिल गरेका हुन् ।   

हात धुने (सेफ ह्याण्ड) अभियान सामाजिक सञ्जालमा चर्चित भइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =