कालोबजारी गर्नेलाई ठाउँको–ठाउँ कारबाही गर्छौं : महानिर्देशक सुवेदी

चैत्र ४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कालो बजारी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बताएका छन् । विदाको दिनमा पनि अनुगमन गरिरहेको बताउँदै महानिर्देशक सुवेदीले कालोबजारी गर्नेलाई जँहाको त्यहीँ कारबाही गर्ने बताएका हुन् ।   

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट भन्दै एकीकृत रुपमा  अनुगमनलाई पनि अघि बढाएको बताए ।   

उनले कालोबजारी गर्नेहरुलाई आफुहरुले ठाउँको ठाउँमा कारबाही गरेको पनि बताए ।   

उनले आजबाट ग्याँस तथा पेट्रोलियम पदार्थमा समेत ध्यान दिईएको र सोहीअनुरुप आज अनुगमन गरिएको पनि सुनाए । उनले भने,‘ग्याँसमा वितरण प्रणालीमा समस्या देखिएको छ । ग्राहकलाई होल्न नगर्नको लागि म आग्रह गर्दछु ।’ उनले आफूहरुले कुनैपनि खराबी मौलाउन नदिने पनि विश्वास दिलाए । उनले भने,‘हामी फिलडमै खटिएका छौं । गलत गर्नेलाई कारबाही भैरहेको छ ।’ 

कार्यक्रममा नेपाल आयल निगमका उपमहानिर्देशक नागेन्द्र साहले निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजनबारे प्रकाश पारेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =