सेल्फ क्‍वारेन्टाइनमा अपनाउनुपर्ने १५ नियम

चैत्र १२, काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरणका लागि नेपालमा मंगलबारदेखि एक हप्ताका लागि लकडाउन गरिएको छ। लकडाउनका बेला घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। 

विश्व स्वास्थ्य संगठन(डब्लूएओ) ले लकडाउनले मात्रै कोरोना भाइरसको नियन्त्रण सम्भव नहुने बताएको छ। लकडाउनका साथै सरकार र नागरिकले सतर्कता अपनाएमा मात्रै भाइरसको जोखिम न्यूनीकरण गर्न सकिने डब्लूएचओले बताएको छ। 

यतिबेला विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ। विश्वका करिब २ अर्ब ५० करोड मानिस अहिले कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनमा बस्न बाध्य छन्। यस भाइरसबाट जोगिन सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन्।   

यसै सन्दर्भमा सबैलाई घरभित्र बस्न आग्रह गर्दे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेल्फ क्वारेन्टाइन अर्थात एकान्तवासमा बस्दा अपनाउनुपर्ने १५ वटा नियम बनाएको छ । 

के-के नियमहरु हुन् नियमहरु? 

१. पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने। सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटरको दूरी राख्ने। 

२. छुट्टै बाथरुम र शौचालयको प्रयोग गर्ने। सम्भव नभएमा प्रयोग गरेपछि बाथरुम र शौचालय आफै सफा गर्ने। 

३. आफू बस्ने कोठा आफै सफा गर्ने। 

४. घरभित्र साझा रुपमा प्रयोग हुने ठाउाहरु जस्तै भान्सा, शौचालयमा आवतजावतलाई सीमित पार्ने। यी साझा ठाउँहरुमा पर्याप्त भेन्टिलेसन भएको ( वा झ्याल खुल्ला राख्ने)। 

५. स्वास्थ्य संस्था जान बाहेक अन्य कामका लागि घर बाहिर नजाने। काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरुमा नजाने र सार्वजनिक यातायातको प्रयोग नगर्ने। 

६. नियमित रुपमा आफ्नो हात साबुन र पानीले मिचीमिची २० सेकेन्डसम्म धुने, वा हात सफा राख्न अल्कोहलयुक्त ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने। हात नधोइ आँखा, नाक र मुखबाट छुन जोगिने। 

७. प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भााडा, तौलिया र रुमाल, ओच्छ्यान वा अन्य सामानहरु घरका अन्य व्यक्तिसँग साझा प्रयोग नगर्ने। प्रयोग गरेपछि यी सामानहरु साबुन र पानीले सफासँग धुने। 

८. अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्क नगर्ने। 

९. यदि अन्य व्यक्तिहरुसँग सम्पर्कमा आउनु पर्दा, कम्तीमा १ मिटर(३ फिट) को दूरी राख्ने र अर्को व्यक्तिसाग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क प्रयोग गर्ने। 

१०. खोक्दा वा हााच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने। 

११. आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रुमाल, मास्क र अन्य चिजहरु छुट्टै फोहोर फाल्ने ठाउाहरुमा फाल्ने र फालेपछि तुरुन्तै कम्तीमा २० सेकेन्डसम्मका लागि आफ्ना हातहरु साबुन र पानीले मिचीमिची धुने। रुमाल वा पुनः प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुने र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्ने। 

१२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्ने र आवश्यक सहयोगका लागि सधैँ तयार रहने। 

१३. क्वारेन्टाइनमा रहादा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जााच्ने र दिइएको फारामहरुको रेकर्ड गर्ने। दिइएको निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्यस्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने। 

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा केही समस्याहरु भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशहरु अनुरुप गर्ने। 

१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसागको पूर्व अनुमतिबिना क्वारेन्टाइन स्थानभन्दा बाहिर यात्रा नगर्ने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *