मालपोत अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फागुन २०, काठमाडौं । मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै  मालपोत अधिकृत दधिराम गुरागाईसहित  आठ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।   

मालपोत कार्यालय सुनसरीका कर्मचारीसहितको मिलेमतोमा मृत्यु भइसकेको व्यक्ति धरान १० की रनमाया लिम्बुको कीर्ते औठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको अख्तियारले जनाएको छ ।   

अधिकृत दधिराम गुरागाई, नायव सुब्बा (तहरिर) मनोज घिमिरे, खरिदार (फाँटवाला) कृष्ण प्रसाद नेपाल र खरिदार (मोठफाँट) राम प्रसाद भट्टराईले २०७०कात्तिक १० मा मृत्यु भएकी रनमाया लिम्बुको कीर्ते गरेको अनुसन्धानमा देखिएको आयोगको दाबी छ ।  ।   

null

मृतक व्यक्तिको नामको जग्गामा हालैको वकसपत्रको गलत लिखत तयार गरी ३१लाख ४५  हजार बराबरको जग्गा गैरकानुनी तरिकाले हक नपुग्ने रत्नदेवी लिम्बुलाई हक हस्तान्तरण गरी गैरकानूनी लाभ पुर्‍याएको पुष्टि भएको छ ।   

निजहरुलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी लिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =