आजदेखि चन्द्रगिरी केवलकार र रिसोर्ट बन्द

फाेटाेः गुगल 

चैत्र ९,काठमाडौँ ।चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि आजबाट बन्द हुने भएको छ। 

विश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाईरसको महामारीले गर्दा आइतबारदेखि चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गर्न लागेको हो । 

Image result for चन्द्रगिरी केवलकार

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजक हुनु पर्ने भन्दै हिल्सको बोर्डको निर्णय अनुसार केही दिनको लागि केवलकार बन्द हुने जानकारी दिए। 

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै अतिआवश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए। ‘अस्ति सरकारले अतिआवश्यक सेवाबाहेकका अन्य बन्द गर्न निर्देशन दिएसँगै हामीले पनि बन्द गर्न लागेका हौं,’ शाहले भने अर्को निर्णय नभए सम्म बन्द रहने छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =