प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पतालमा
२०७६ चैत २ गते

चैत २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्ज जाने भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पताल जाने भएका हुन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खडगाका अनुसार प्रधानमन्त्री पेटमा राखिएको स्टन्ट निकाल्न तयारी छ । मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री फलोअपका लागि अस्पताल पुग्दै छन् ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् ।

२०७६ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








