शिक्षण पेशादेखी उपसचिव सम्मको जागिर, राप्तीबाट हुमागाईँको विदाई

चैत ९ गते ।  चितवनको राप्ती नगरपालिकामै कार्यरत रहँदा उमेर हदका कारण अवकास प्राप्त प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईको विदाई गरिएको छ । उमेर हदका कारण उपसचिव हुमागांईले आईतबारनै अवकास पाएका हुन् । उनको आईतबारनै राप्ती नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।   

राप्ती नगरपालिका प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत हुमागांईले मायाको चिनो प्रदान गरि माला र खादा लगाएर विदाई गरे । खानेपानी तथा ढल निकास विभागमा खरिदारमा स्थायी नियुक्तीसंगै उनको निजामती कर्मचारीको रुपमा सेवा प्रारम्भ भएको थियो ।  

  

त्यस अघि उनले करिव ८ वर्ष शिक्षण पेशा समेत गरेका थिए । कृषि विभाग, शिक्षा विभाग, खादवारी नगरपालिका, धनुषा, पुतलीवजार, विदुर नगरपालिका, सुचना विभाग, चन्द्रपुर नगरपालिका हुदै राप्ती नगरपालिकामा उनले सेवा गर्ने अवसर पाए ।   

वि.सं. २०७४ असोज २७ गते राप्ती नगरपालिकामा काम सुरु गरेका थिए । लामो समय राप्ती नगरपालिकामा विताएका प्रमुख प्रशासकीय अधिकृत हुमागांई प्रशासनिक काममा तिख्खर प्रशासकका रुपमा चिनिए । सोही अवसरमा इन्जिनियर भीम ढुंगानाको पनि विदाई गरिएको थियो ।   

प्रमुख प्रशासकीय अधिकृत हुमागांइको कार्यशैलीको प्रसंसा गर्दै राप्ती नगरपालिका प्रमुख प्रभा वरालले जागिरे जिवनपछिको आगामी दिन सामाजिक क्षेत्रमा क्रियाशिल रहनु पर्ने भन्दै शुभकामना दिईन् ।   

राप्तीबाट अवकास पाएका हुमागांईले यस क्षेत्रका प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे, वागमती प्रदेशका कृषिमन्त्री दावा लामा, नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, राजनितिक दल, उद्योग बाणिज्य संघ, विभिन्न संघसंस्था तथा सहकारीहरु, विद्यालय , वुद्धिजिवी, पत्रकार सवैमा सहयोगको लागि धन्यवाद दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *