आज अन्तर्राष्ट्रिय नारी दिवस, सरकारको औपचारिक कार्यक्रम भने स्थगित


फागुन २५, काठमाडौं । आज ८ मे अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो । नेपालले यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ राष्ट्रिय नारा तय गरेको छ ।
११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा राष्ट्रप्रमुख, राजनीतिक दलका शीर्ष नेतालगायतले शुभकामना दिएका छन् । नेपालको संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायत अधिकार सुनिश्चित गरेको छ ।
null
सरकारले यस वर्षको नारी दिवसको औपचारिक कार्यक्रम स्थगित गरेको छ । भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विज्ञप्ति निकालेर कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरस ९कोभिड–१९० का कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनालाई विचार गरी बृहत् भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम गर्न उपयुक्त नभएकाले र्यालीसहितको साझा अभियान कार्यक्रम स्थगित गरिएको ।’
