ट्रम्पले सुझाएको कोरोनाको औषधि खाँदा अमेरिकामा एकको मृत्यु

चैत १२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुझाएको औषधि सेवनबाट अमेरिकामा एकजनाको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट एकको मृत्यु भएको हो भने एक गम्भीर बिरामी परेका छन् ।   

ट्रम्पले कोरोना भाइरसको उपचारका लागि क्लोरोक्वीन उपयुक्त हुने भन्दै बारम्बार सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए । उनले  सुझाएको सोही औषधि खाएका रिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको जनाइएको छ ।   

सो औषधि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले मलेरिया, लुपस र आर्ग्राइटिसको उपाधिका लागि स्वीकृत गरेको छ । तर कोरोना भाइरसविरुद्ध यसले सकारात्मक काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *