हात्तीलाई ३० मिनेटमा २३ पटकसम्म कुटिएको भिडियो सार्वजनिक

फागुन २९,  चितवन (People for Ethical Treatment of Animals (PETA) बाट चितवनमा भएको हात्ती महोत्सवमा एउटा प्रशिक्षकले ३० मिनेटमा २३ पटकसम्म हात्तीलाई कुटेको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो फुटेपछि  भारतको  ट्राभल एजेन्सी  ‘वीना वर्ल्ड’ले – महोत्सवसँगको सम्बद्धता हटाउने निर्णय गरेको छ। 

‘पेटा’ र यसका सम्बधित कम्पनीहरूबाट महोत्सवमा हुने कूरता बारे जानकारी पाएपछि अहिलेसम्म ‘वीना वर्ल्ड’ लगायत एक दर्जनभन्दा बढी कम्पनीले चितवन हात्ती महोत्सवसँगको सम्बद्धता तोडिसकेका छन् । गत वर्षदेखि रेडिसन र हायातले पनि यस महोत्सवलाई समर्थन गर्न छाडेका हुन्। 

‘पेटा’का वरिष्ठ उपाध्यक्ष जेसन बेकर भन्छन्, ‘पेटाका भिडियोहरूले बारम्बार पोलो र फुटबल खेलहरूमा भाग लिने हात्तीहरू माथि हुने क्रूर र हिंसात्मक व्यवहारको पर्दाफास गरेका छन्। यस खेललाई सरकारी समर्थन दिलाउनेहरुले पनि नैतिकताको पाठ लिन आवश्यक देख्छु । अब उनीहरूले यो लज्जास्पद हात्ती महोत्सव बन्द गर्नुपर्छ।” 

यस वर्षको कार्यक्रमको भिडियो र गत वर्षको कार्यक्रमको भिडियो फुटेज दुबैमा उस्तै दुर्व्यवहार देख्न पाइन्छ। फुटेजमा हेन्डलरहरू (हात्तीका प्रशिक्षक)ले बारम्बार हात्तीलाई बुलहूक (एक छेउमा धारिलो धातुको हूक भएको हतियार), लट्ठी, र काठका चक्कुहरूले हात्तीहरुको टाउको र संवेदनशील कानमा कुटेको र हिर्काएको देखिन्छ। यसरी उनीहरूलाई दौडमा भाग लिन, सवारी दिन, र फुटबल र पोलो ‘खेल्न’ बाध्य पारिन्छ । 

यसपालि एउटा हात्तीलाई लगभग एक मिनेट जति लगातार कुटपिट गरिएको थियो र धेरै हात्तीहरूको टाउको र कान वरिपरि रगतले लथपथ गहिरा  घाऊहरु थिए। चाडपर्वमा प्रदर्शन गर्न बाध्य नहुँदा यी हात्तीहरू चितवन आउने पर्यटकहरूको सवारीका रूपमा प्रयोग गरिन्छन्। 

‘पशुपंक्षी हाम्रो मनोरन्जनका साधन होइनन्’ भन्ने सिद्धान्तलाई पेटाले आत्मसाथ गरेको जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *