चलचित्र कलाकार संघको संरक्षकबाट नीर शाहले दिए राजीनामा

फागुन २८, काठमाडौँ । विशिष्ट कलाकार नीर विक्रम शाहले कार्य व्यस्तताका कारण जनाउँदै नेपाल चलचित्र कलाकार संघको संरक्षक पदबाट राजीनामा दिएका छन् । 

संघले मंगलबार एक विज्ञप्ती जारी गर्दैै उक्त कुराको जानकारी गराएको हो । शाहको राजीनामा स्वीकृति गरिएको  जनाउँदै संघले अब संरक्षक पदमा विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई  नियुक्त गरिएको समेत जानकारी गराएको छ ।  

संघले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘उहाँले आफ्नो कार्यव्यस्तताका कारणले दिनु भएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पु¥याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *