नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माण कार्य सुरु

  

चैत्र ९, विराटनगर । नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा अस्पताल निर्माण गर्ने कार्य सुरु गरिएकाे छ । 

कोरोना भाईरस (कोभिड-१९ ) का कारण बढ्दै गएको जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का मुख्य मन्त्री तथा मन्त्रीपरिषदको शुक्रबार बसेको बैठककोे निर्णय अनुसार नेशनल ट्रेडिङको भवनलाई अस्पताल बनाउने काम शनिबार देखि सुरु गरिएको हो ।   

विराटनगरमा रहेको नेशनल ट्रेडिङको पुरानो भवन एक साता भित्र सम्पन्न हुने गरी न्युनतम  ५० शैया क्षमताको अस्पताल निर्माण गर्ने प्रदेश सरकारको निर्णय रहेको छ  । जसमा ५० शैया मध्ये १० बेडको भेन्टिलेटर सहितको अस्पताल निर्माण गर्ने प्रदेश सरकारको तयारी रहेको छ ।   

सरकारले गरेको निर्णय अनुसार शनिबार बिहान देखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितका टोली खटिएका छन् । एक साताभित्र अत्याधुनिक सेवासहितको अस्पताल निर्माण गर्ने लक्ष्य अनुसारको सम्पूर्ण प्राविधिक कामहरु भइरहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए  । अस्पतालका लागि आवश्यक यन्त्र उपकरणका लागि पहल थालिएको मन्त्रालायले जनाएको छ ।   

अप्राविधिकका कारण अस्पताल निर्माणमा ढिलाई    

कोरोना भाईरस (कोभिड- १९) को चौतर्फी  हल्लासँगै चुनौती नै बेनको छ । चीन, मकाउ, दक्षिण कोरिया हुँदै भारतमा समेत फैलिसकेको कोरोना भाइरस संक्रमण नेपलका लागि पनि त्रासको विषय बनेको छ । त्रास फैलिएसँगै पछिल्लो समय यो विषयमा प्रदेश सरकारले जागरुकता देखाएका छन् । 

स्वभावैले पनि प्रविधिक भन्दा पनि अप्राविधिक रहेकाले कोरोना भाईरस संक्रमणका लागि छुटै अस्पताल निर्माण गर्न ढिला भएको सामाजिक विकास मन्त्री जीवन घिमिरले बताए । उनले भने कोरोना नयाँ रहेको यसका बारेमा बुझ्न केही समय लागेकाले ढिला भएको घिमिरेको भनाई छ ।   

हरेक अस्पतालमा आइसोलेशन वार्ड निर्माण गर्ने निर्णय गरिएको भए पनि मेडिकल क्षेत्रका विज्ञहरुको सल्लाह अनुसार कोरोना भाइरस सम्बन्धिको बुझाइ अनुसार एउटै अस्पतालमा आइसोलेशन वार्ड निर्माण गर्न बेठिक रहेकाले अर्को निर्णय अनुसार छुट्टै अस्पताल निर्माण कार्य सुरु गरिएको हो । 

उनले भने केहि ढिला भए पनि निर्माण कार्य तिव्र गतिमा गहिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *