उपत्यकाका यी ठाउँमा दुई दिन दिनभर बत्ती जाने

चैत्र १०, काठमाडौँ । चैत्र ११ र १२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।   

कलङ्की देखी ढुंगेधारा सम्मको चक्रपथ विस्तार कार्यको लागि स्वीचाटार‌– स्वयम्भू  फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाइ  कार्य गर्नुपर्ने भएकोले  बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो लाइनको विद्युत् अवरुद्ध हुने भएको हो ।   

उक्त फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानीलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री लगायतका ग्राहकमा असुविधा पर्ने भएको छ ।   

Image result for उपत्यकाका यी ठाउँमा दुई दिन दिनभर बत्ती जाने

निर्धारित समय अगावै सो कार्य सम्पन्न भएमा समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत विद्युत प्राधिकरणले  जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =