निखिलको चलचित्रमा राजेश हमाललाई अफर
२०७६ फागुन २८ गते

फागुन २८, काठमाडौँ । लामो समयदेखि चलचित्रमा नदेखिएका महानायक राजेश हमाललाई नायक निखिल उप्रेतीले चलचित्रको लागि अफर गरेका छन् ।
निखिलले आफैले निर्देशन तथा अभिनय गर्न लागेको चलचित्र ‘आयो भैरव’को लागि हमाललाई अफर गरेको हो ।
चलचित्र ‘बागमती’मा काम गर्दा चर्को आलोचना भएपछी सुस्ताएका हमाललाई पछिल्लो समय भने चलचित्र अफरको कमी छैन, तर उनी राम्रो कथाको प्रतिक्षामा रहेको बुझिएको छ ।

‘आयो भैरव’को लागि निखिलले हमालसँग भटेरै कुराकानी गरिसकेका छन् । ‘आयो भैरव’ मा निखिलसँगै हमालको पनि सशक्त भूमिका रहेको बुझिएको छ । तर हमालले चलचित्र खेल्ने नखेल्ने निर्णय भने दिई सकेका छैनन् ।
२०७६ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








