मकालु खबरका संवाददाता सुजाता लिङ्लेकु सम्मानित

फागुन २३, काठमाडौं । मकालु खबर डटकमका संवाददाता सुजाता लिङ्लेकु भारतमा सम्मानित भएकी छिन् । आसियाना इन्टरनेश्नल जर्नलिष्ट काउन्सिलले बिहिबार जोगवनीमा आयोजित होली मिलन समारोहमा लिङ्लेकु सम्मानित भएकी हुन् । 

सोही समारोहमा न्यू सृष्टि दैनिकका प्रमुख संवाददाता अनुज सापकोटा पनि सम्मानित भएका छन् । पत्रकारद्वयलाई पत्रकारितामा विभिन्न समयमा भारत-नेपाल हितको पक्षमा समाचारको माध्यमबाट निर्वाह गरेको महत्वपूर्ण भुमिकाको मूल्याङ्कन गर्दै सम्मानित गरिएको हो ।   

पत्रकारलाई कांग्रेस नेता दिलिप घाडेवा, न्यूज १८ का विहार व्यूरो चिफ सतिसकुमार मिश्र, हिन्दूस्तान टाइम्सका वरूण मिश्रा, प्रभात खबरका सुजीत भारती, संविधान सभा सदस्य आशा सरदार लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

समारोहमा विराटनगरको जनरल अस्पताल एण्ड ट्रमा सेन्टरका प्रवन्ध निर्देशक दीपक रायलाई पनि सम्मानित गरिएको भारत नेपाल मैत्री समाजका प्रमुख राजेश शर्माले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =