आज फागुन २६ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग  

बि.सं. फागुन २६, २०७६ । इ.सं. 09 March, 2020 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लाथ्व । परिधावी, उत्तरायण, शिशिर, सोमवार, फाल्गुण शुक्लपक्ष । तिथि पूर्णिमा, २३:५३ बजे उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वफाल्गुनी, २६:०१ बजे उप्रान्त उत्तरफाल्गुनी । योग धृति, १७:२३ बजे उप्रान्त शूल करण । भद्रा १३:०१ बजेदेखि वव, २३:५३ बजे उप्रान्त तैतिल । चन्द्रराशि, सिंह, आनन्दादी योग ध्वज । दिनमान २९।२६ । सूर्योदय ६:२२ । सूर्यास्त १८:०८ । पूर्णिमा व्रत। मन्वादि। फागु पूर्णिमा। रात्रि चीरदाह गर्ने। पहाडी जिल्लामा होलीपर्व। होली पुन्ही। थकालीहरूको तोरन्ल पर्व। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साँझमा पैशा खर्च हुने योगछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । कुविचारमा मन जाना सक्छ । तर बेलुकीपख गरेको कार्यबाट फाइदा लिन सकिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनात्मक कार्यमा संलग्न भाईनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग रमाईलो भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सहभागिताको अवसर जुट्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अरुको भर पर्दा धोका पाइनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा मन बरालिनेछ ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =