कोरोना प्रभाव: विराटनगरबाट यात्रु बाहिरिने क्रम शुरु

चैत्र ६, विराटनगर । विश्वव्यापी रुपमा फैैलिँदै गरेको कोरोना भाइरस संक्रमणको त्रासको कारण विराटनगरबाट यात्रु बाहिरिने क्रम बढेको छ ।   

सामाजिक क्षेत्रमा थाेरै तलमाथि भयो भने यातायात क्षेत्रमा असर पर्ने गरेको  बस पार्क व्यवस्थापन समितिका सचिव महेन्द्र ढुंगानाले बताए  । उनले भने, ‘राम्रो अवस्था भएको समय दैनिक ३ सय वटा बसको पटके पूर्जि काटने गरेको भए पनि पछिल्लो समय बसको संख्या घटेर २ सय पुगेको छ, यात्रुहरुको आगमन नभएकाले बस संचालन घटेको छ ।”   

सरकारले विद्यालय बन्दको घोषणा गरेसँगै अधिकांश बसपार्कमा विद्यार्थीहरुको चाप देखिन्छ ।  बस पार्कमा भेटिएका विद्यार्थी प्रशान्त यादव  घर जानकै लागि भनेर बसपार्कमा गाडी कुरिरहेरका थिए । उनको घर राजबिराजका हो, उनी विराटनगरको एक कलेजमा १२ कक्षामा अध्ययनरत छन् ।   

उनले कोरोना भाइरसको कारण कलेज बन्द भएकाले छुटीमा घर जान लागेको बताए ।  त्यस्तै राजविराज कै अर्का विद्यार्थी ओम प्रकाश मण्डल पनि कोरोना भाइरसको संक्रमणका त्रासले कलेज बन्द भए पछि घर जान लागेको बताउँछन् ।   

बिहान देखि नै विद्यार्थीहरुको बस पार्कमा चाप रहेको बस पार्क व्यवस्थापन समितिका सदस्य  विनोद राईले बताए  । उनले भने, ‘आज जति धेरै यात्रुको चाप छ, भोलि ५० प्रतिशतले यात्रुहरुको चाप घट्ने अनुमान रहेको छ । ‘ अधिकांश यात्रा गर्ने सिरहा, सप्तरी र राजविराजका विद्यार्थीहरु थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *