कोरोना भाइरसः कुन ठाउँमा कति समयसम्म जीवित रहन्छ ?

चैत्र १२, काठमाडौँ । विश्वभर महामारीको रूपमा कोरोना भाइरस (कोभिड १९) फैलिरहेको छ। र यसको कारण हामीमा कुनै पनि चिजलाई छुनु हुँदैन भन्ने डर पनि हाबी भइरहेको छ।   

अहिले विश्वभर सार्वजनिक स्थानमा एउटै खाले तस्बिर देख्न पाइन्छ। मानिसहरू आफ्नो कुहिनाको सहायताले घरको ढोका खोल्ने कोसिस गरिरहेका छन्। अफिसमा काम गर्ने कर्मचारीहरू पनि आफ्नो डेस्कको सरसफाइ गरिरहेका देखिन्छन्।   

यसरी सरसफाइमा जोर लगाइँदै   

कोरोना भाइरसबाट धेरै प्रभावित भएको क्षेत्रमा कामदारहरूलाई सुरक्षित कपडा पठाउन थालिएको छ। यो टिमले प्लाजा, पार्क र सडक डिसइन्फेक्टन्ट्स (इन्फेक्सन रोक्ने औषधी) छर्ने काम गर्दछ।   

सडक, अस्पताल, पसल र रेस्टुरेन्टमा सर सफाइको काम पहिलाभन्दा धेरै सक्रियताका साथ अगाडि बढेको छ। केही सहरमा रातिको समयमा पनि स्वयंसेवकहरू सरसफाइको काम गरिरहेका छन्।   

फ्लू जस्तै अरू श्वासप्रश्वास सम्बन्धी भाइरस जसरी केभिड १९ पनि संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा वा खोक्दा नाक र मुखबाट निस्कने पानीको कणबाट फैलिन सक्छ। एक पटक हाच्छ्युँ गर्दा ३ हजार कण उत्पन्न हुनसक्छ। यो कण अरू व्यक्तिहरूको लुगा वा शरीरको यता उति पनि पर्न सक्छ। यद्यपि केही कणहरू हावामा पनि रहन सक्छ। यो कुराको पनि केही प्रमाण छ। कोरोना भाइरस धेरै लामो समयसम्म मलमा रहन सक्छ। यस्तोमा शौचालय गएर आउने मानिसले राम्रोसँग हात धोएन भने ती व्यक्तिले छुने अन्य चीजहरूमा पनि भाइरसको संक्रमण हुन जान्छ।   

हातले अनुहार वा मुख छुनु मुख्य कारण होइन 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्स (सीडीसी)का अनुसार भाइरस भएको कुनै पनि वस्तुलाई छोएपछि आफ्नो अनुहार वा मुख छुनु भाइरस फैलिने मुख्य कारण हैन।   

यसको बाबजुद सीडीसी, वर्ल्ड हेल्थ अर्गनाइजेशन (डब्ल्यूएचओ) र अन्य स्वास्थ्य संस्थाले यो कुरामा जोड दिएको छ कि हात धुन र पटक पटक छोइरहने चीज सधैँ सफा गर्नु नै भाइरस रोक्ने एउटा महत्त्वपूर्ण उपाय हो।   

यद्यपि हामीलाई यो कुरा थाहा छैन कि संक्रमित सतह छुनाले भाइरस फैलिएका कति घटना आएको छ ? तर विशेषज्ञहरू यस्ता घटना हुनबाट बच्न सतर्कता अपनाउन सल्लाह दिन्छन्। अहिलेसम्मको तस्बिर हेर्दा कोरोना भाइरस कति समयसम्म मानव शरीरको बाहिर जीवित रहन सक्छ ?   

२८ दिनसम्म रहन सक्छ   

सार्स र मर्स जस्तै कोरोना भाइरसमाथि भएको केही अध्ययनका अनुसार यो मेटल, ग्लास र प्लास्टिकमा ९ दिनसम्म जीवित रहन सक्छ। कम तापमानमा केही भाइरस २८ दिनसम्म रहन सक्छ। कोरोना भाइरस विशेष गरी आफ्नो अनुकूल माहौलमा शक्तिशाली भएर बस्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *