‘हामीले विद्यार्थीलाई पर्ख हेर र काेराेना भाइरसबाट सुरक्षित हाेउ भनेर परामर्श गरिरहेका छाैं’ प्रकाश पाण्डे (भिडियाे सहित)

चैत्र ७, काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सुरक्षित रहनकालागि शैक्षिक परामर्शका सम्पूर्ण गतिविधिहरु स्थगित गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् ।   

मकालु खबरको शिक्षा सरोकार कार्यक्रमसँग बोल्दै अध्यक्ष पाण्डेले अहिलेको अवस्थामा शैक्षिक परामर्श भन्दापनि विद्यार्थीको जिवन ठूलो भएकोले इक्यानले नेपाल र विदेशमा रहेका विद्यार्थीलाई कोरोना भाइरस संक्रमणबाट सचेत रहन सहज कसरी बनाउन सकिन्छ प्रयास समेत गरिरहेको बताए ।   

उनले देश भित्र कोरोना भाइरस फैलिइसकेको वा फैलिइनसकेको विस्वस्त हुन सक्ने पर्याप्त आधार समेत नभएको तथा नेपाली जाने देशहरुले समेत लक डाउन गरेको अवस्थामा शैक्षिक परामर्श दिन उचित नहुने बताए । 

अध्यक्ष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ल्याएका निती तथा योजनाहरु सफल बनाउन इक्यानले पनि सहयोग पुर्याउने बताउँदै सबैले अत्यावश्यक काम वाहेक घर बाहिर समेत ननिस्कन आग्रह गरे । भने, शैक्षिक परामर्श ब्यवसायीले पनि कोरोना सचेतना फैलाउन सरकारलाई सहयोग गर्न आग्रह गरे । उनले विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन अनुरोध गरेका छन् । विदेशमा रहेका विद्यार्थीहरु हतास भएर स्वदेश आइहाल्नु पर्ने अवस्थापनि नभएकोले जो जहाँ रहेका छन् त्यहाँ सुरक्षित रहन विभिन्न उपाय अवलम्बन गर्न सचेत गराएका छन् ।   

हेर्नुहोस भिडियो  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *