कोरोना संक्रमण त्रासका कारण चारदिनमा ६ लाख ६८ हजारले छाडे उपत्यका

चैत्र ९, काठमाडौँ । सरकारले कोरोना भाइरस नियन्त्रण र सतर्कताका लागि चैत्र मसान्तसम्म विदा घोषणा गरेपछि राजधानी छाड्नेहरुको संख्या बढ्दो छ । आज आइतबार मात्रै साँझ ५ बजेसम्ममा २ लाख २२ हजार ४ सय ७ जनाले उपत्यका छाडेका छन् ।
कोरोना भाइरस संक्रमणको त्रासले राजधानीको जनजिवन अस्तब्यस्त बनेपछि उपत्यका बाहिर घर हुनेहरु बाहिरिएका छन् । प्रहरीका अनुसार तीन दिन यता उपत्यका छाड्नेहरुको संख्या बढ्दो छ । उपत्यका भित्रनेको संख्या कम छ ।
हिजो मात्रै उपत्यका बाट २ लाख ६ हजार ३ सय ३९ यात्रु बाहिरीएका थिए । उपत्यका ट्राफिक प्रहरीका अनुसार हिजो र आज उपत्यका छाड्नेहरुको संख्या बढेको छ ।

७ गते उपत्यका बाट १ लाख ३० हजार ८२२ यात्रु बाहिरीएका थिए । ६ गते १ लाख ८ हजार ४ सय ५८ यात्रु बाहिरिएका थिए । चार दिनमा मात्र ६ लाख ६८ हजार २६ जना यात्रु बाहिरिएका छन् ।
उपत्यकाको कोटेश्वर, कलंकी, बालाजु, गौशालाबाट लामो दुरीका सवारी साधन प्रयोग गरी घर फर्कनेहरुले पर्याप्त सवारी साधन पाएका छैनन् ।








