बढि चिन्ता र तनावमा पनि आफ्नो मनलाई यसरी कन्ट्रोल गर्नुस्

फागुन २९ ।  नेपाली समाजमा प्रचलित भनाइ छ, “चिन्ता भनेको चिताको बाटो हो ।” जिन्दगीमा अनेक परिस्थिती आउछन्, जहाँ हामी आफैलाइ बिर्सेर चिन्तामा डुबी रहेका हुन्छौँ । चिन्तित अवस्थामा आफ्नो भावनालाइ कसरी कन्ट्रोल गर्ने ? 

सबैभन्दा पहिले त आफू अरूका कारण दुखी भएको छु भन्रे कुरा दिमागबाट हटाउनुहोस् । तपाइ भित्र जुन भावना र विचार आएका छन्, ति तपाइले नै सिर्जना गर्नुभएको हो । “यि मेरा विचार र भावना हुन् । यो उनीहरूको जिन्दगी होइन, मेरो जिन्दगी हो । यो उसको या उनीहरूको बारेमा होइन, मेरो बारेमा हो” भन्रे सम्झिनुहोस् । मेरो जिन्दगीको मालिक म आफु हुँ, त्यसैले मेरो जिवनमा आउने परिस्थितिको जिम्मेवार आफु हुँ भन्रे कुरालाइ दिमागमा राख्नुहोस् । 

यस बारेमा प्रसिद्द लेखक जोसेफ ग्रेनीले लेखेका छन्ः 

तपाइ अहिले चिन्तामा हुनुको कारण के हो, यो चिन्ता कहाँबाट सुरू भयो, यसको कथा के हो सबै याद गर्नुहोस् । अब त्यसलाइ कथाको रूपमा डायरीमा लेख्नुहोस् । अहिले सम्मका स-साना कुरा पनि नछुटाइ लेख्नुहोस् । अब आफ्नो त्यो कथालाइ पढ्नुहोस् । ध्यान दिएर पढ्नुहोस् । र, आफ्नो त्यो कथालाइ शिर्षक दिनुहोस् । 

अब तपाइले कथामा आफुलाइ कस्तो अवस्थमा देख्नुहुन्छ रु आफुलाइ त्यहाँ कस्तो ठाउँमा पाउनुहुन्छ ? कथालाइ विश्लेषण गर्नुहोस् । के अब तपाइ आफ्नो बाँकी जिवन कथाको त्यही पिडित पात्र बनेर जिउन चाहनुहुन्छ रु के तपाइ यो कथालाइ त्यही दुखद अन्त्यको रूपमा लिनुहुन्छ ? या तपाइ यो कथामा एउटा सुखद माड आओस् भन्रे चाहनुहुन्छ रु कथाको पात्र अथवा आफुलाइ पिडित होइन, एउटा हिरो या विजेताको रूपमा उभ्याउन चाहनुहुन्छ ? 

लेखक ग्रिनले भनेजस्तै जब तपाइले आफ्नो कथाको विश्लेषण गर्नुहुन्छ, तब तपाइले आफुलाइ एउटा योद्दाको रूपमा पाउनुहुन्छ । त्यसपछी तपाइले आफ्नो जिवनका प्राथमिकताहरू सम्झिनुहोस् र डायरीमा लेख्नुहोस् । त्यसपछी ति प्राथमिकतालाइ पटक पटक पढ्नुहोस् । अब आफ्ना बलियो पक्षहरू लेख्नुहोस् र ति कुरालाइ पनि पटक पटक पढ्नुहोस् । 

तपाइले गल्ति गर्नुभएको भए ति गल्तिलाइ स्विकार्नुहोस् । ति गल्तिबाट सिक्नुहोस् । आफ्ना प्राथमिकताबाट विचलित भएको भए अब ‘ट्रयाक’मा आउनको लागी योजना बनाउनुहोस् । सम्झनुहोस् कि, तपाइको जिवनको मालिक तपाइ आफु हो । तपाइको जिवनलाइ कस्तो रूप दिने त्यो तपाइको हातमा छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =