देवानगंजमा निःशुल्क स्वास्थ्य शिविर

फागुन २५, देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गरिएको छ ।   

बिराटनगरको रेडियो नागरिक १००।४ मेगाहर्जले ६ वर्ष पुरा गरि ७ औ वर्षमा प्रवेश गरेको अवसरमा दुई दिवसीय स्वास्थ्य शिविर सम्पन्न भएको हो ।   

श्री माध्यमिक विद्यालयमा नागरिक मिडिया प्रा.लि. को आयोजना र देवानगंज गाउँपालिकाको सहजीकरणमा  शुक्रवार र शनिवार गरी दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । 

image.png

 देवानगंज गाउँपालिकामा वृहत स्वास्थ्य शिविरमा  ५ सय ३३ जनाले स्वास्थ्य परिक्षण गराई औषधी समेत निःशुल्क लिएको नागरिक मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक अरविन्द मेहताले बताएका छन् । मेहताका अनुसार ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ दिनका लागि गरीब तथा बिपन्न वर्गका सर्वसाधारणहरुलाई सेवा प्रदान गरेको हो ।   

रेडियो नागरिकको वार्षिक उत्सवको अवसरमा देवानगंज गाउँपालिकाका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा प्रदान सहित निःशुल्क औषधी समेत बितारण गरिएको मेहताले बताए ।   

निःशुल्क स्वास्थ्य शिविरमा २१ जनाले रक्तदान गरेका थिए । मुलुकमा रगत अभावका कारण समयमा रगत उपलब्ध नभएकोले आयोजकले ग्रामिण क्षेत्रका सर्वसाधारणहरुको रगत संकलन गरेका थिए । 

न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी लगायतले विभिन्न ९ प्रकारका स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा चर्म रोग ओ.पि.डी., स्त्रीरोग ओ.पि.डी.,हाडजोर्नी तथा नशा रोग ओ.पि.डी., जनरल ओ.पि.डी.,नवजात शिशु तथा बाल रोग ओ.पि.डी.,दाँत सम्वन्धी ओ.पि.डी. लगायत बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. निकेशराज श्रेष्ठ, बरिष्ठ विशेषज्ञ फिजिसियन डा. केशर बहादुर गुरुङ्ग, बरिष्ठ बिशेषज्ञ फिजिसियन डा. अगरज उपै्रती उप्रेती बाट मुटुरोग सम्बन्धी सामुहिक परामर्श समेत प्रदान गरिएको थियो ।   

उक्त शिविरमा सुगर टेस्ट ३ सय जना , प्रेसर, इसिजि १५ जना,  र प्रयोगशाला सेवा समेत उपलब्ध गराईएको थियो । डाक्टर प्रकाश लिम्वुको अनामया आयुर्वेदालयको प्राविधिक सहयोगमा आयुर्वेद शिविर समेत संचालन गरेको थियो । आयुर्वेद शिविरमा १ सय बढीले सेवा लिएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =