चितवनमा दिनदहाडै लुटियो ९ लाख रुपैयाँ

फागुन ३०, चितवन । शुक्रबार चितवनमा दिनदहाडै लुटपाट भएको छ । पूर्वी चितवनको खैरहनीमा ९ लाख रुपैयाँ लुटिएको हाे ।  

गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ खैरहनी ८ पर्साबजार नजिकबाट लुटिएको छ ।  भरतपुरको साइन विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए । 

जग्गा खरिदको लागि भन्दै खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भए अनुसार घर्ति र उनका साथमा पदम घर्ति रकम लिएर खैरहनी आएका थिए । फोनमा भने अनुसारको स्थानमा पुग्दा दुईजना व्यक्तीहरु आएर रकम लिएको र लगत्तै उनीहरु भागेको पदम घर्तीले बताए ।  

Image result for दिनदहाडै लुटियो

घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =