नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो

चैत्र १३, काठमाडौं । काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ ।   

चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन् । 

नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए । 

‘कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्’, उनले भने ।  नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले जानकारी दिए ।   

नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनसमेत अगाडि बढाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =