चितुवाले लियो ९ वर्षिया बालिकाको ज्यान
२०७६ फागुन २८ गते

फाेटाे: गुगल
फागुन २८, काठमाडौँ । मंगलबार बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बैतडीको मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारकाे चितुवाको आक्रमणबाट मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार बिहान ४ बजेको समयमा ओछ्यानमै चितुवाले बालिकालाई आक्रमण गरी घरदेखि केही टाडा लगेको थियो ।

बालिकाको शव घरदेखि ५०० मिटर टाढा फेला परेको उपरीक्षक पाण्डेले बताए । उनले यसअघि पनि फागुन २१ गते २५ वर्षीय एक युवकलाई आक्रमण गरी घाइते बनाएको बताए ।
२०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।
२०७६ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








