कोरोना भाइरसबाट पोर्चुगलमा एक नेपाली संक्रमित

चैत ४, काठमाडौं । कोरोना भइरस (केभिड १९)बाट पोर्चुगलमा कार्यरत एक नेपालीमा संक्रमित भएका छन् ।   

टाइम २४ डट न्युज अनलाइन संस्करणले पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण भएको जनाएको हो ।   

फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् । 

पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ । त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन । यो सँगै विदेशमा रहेका ४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।   

यसअघि अस्ट्रेलियामा रहेका १ र यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यी तीनै जनाको उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =