युएईका नेपालीलाई संयमित हुन राजदूत ढकालको अनुरोध

चैत्र १०,युएई । कोरोना भाईरसका कारण युएई सरकारले नेपालिहरुलाई सामुहिक रूपमा नेपाल फर्काउदै भन्ने समाचार केही अनलाईनमा प्रकासित भए पश्चात नेपाली दुतावसले शनिवार प्रेस विज्ञप्ती सार्बजनिक गर्दै समाचारको खण्डन गरेको छ । 

अन्य खाडी मुलुकको तुलनामा युएइमा कोरोना भाइरसको प्रभाव कम देखिएको बताउदौ कोरोना भाइरसको फैलावटका कारण चिन्तित रहेका नेपालीहरुलाई महामहिम राजदूत कृष्णप्रसाद ढकालले संयमित हुन अनुरोध गरेका छन् । 

राजदुत ढकालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि  युएइ सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय रहेको प्रष्ट पार्दै युएइ सरकारले जारी गरेका सूचना अनुरूप आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनहुन, भीडभाडबाट सकेसम्म टाढै बस्नहुन र स्वस्थ आहारविहारमा जोड दिएकाछन । 

null

अहिलेसम्म युएईमा कोरोनाबाट संक्रमितहरुको उपचार पनि उच्चस्तरीय, गुणस्तरीय र प्रभावकारी रूपमा भइरहेको बताउँदै राजदूत ढकालले वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई जहाँ भए पनि उच्च मनोबलका साथ रहन र यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएइ सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावास, अबुधाबीमा सम्पर्क राख्न पनि राजदूत ढकालले अनुरोध गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =