दुर्गा प्रसाईँले कोरोना उपचारका लागि बी एण्ड सी अस्पताल सरकारलाई दिने
२०७६ चैत १४ गते

चैत्र १४, काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले कोरोना भाइरस (कोभिड १९) को उपचारका आफ्नो अस्पताल सरकारलाई दिने घोषणा गरेका छन् ।
झापाको बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा १ सय आईसीयू, २५ वटा भ्याडिलेटर, १ सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी छन् ।
बी एण्ड सी अस्पताल सरकारलाई दिने घोषणा गर्दै सञ्चालक प्रसाईंले आफ्ना अस्पतालका सबै डाक्टरहरु काम गर्न तयार भएको बताए । यद्यपी सरकारले चिकित्सकलाई आवश्यक किट र प्रोटेक्टिभ लुगाको व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ ।

२०७६ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








