करिब २ लाख बरावरको अण्डा वितरण

चैत १३ चितवन । कोरोना भाईरसको सन्त्रास छाईरहेका बेला खैहनीका दुई जना पोल्ट्री व्यवसायीहरुले निशुल्क अण्डा वितरण गरेका छन् ।
दैनिक रुपमा छाक टार्न समस्या भएकाहरु र केही संस्थालाई करिव २ लाख बरावरको अण्डा वितरण गरिएको मेरो पोल्ट्री एण्ड व्रिडिङ प्रा.लि. र मुक्ती एग्रो प्रोडक प्रा.लि.का संचालक राजेश अधिकारीले बताए ।
रत्ननगर स्थित गामवेशीको चेपाङ संरक्षण केन्द्र,इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय खैरहनी र लदरी खोला किनारमा बस्ने तराई समुदायलाई अण्डा वितरण गरिएको थियो ।

अण्डा वितरणका लागि अर्का संचालक निराजन लामिछाने पनि सम्वन्धीत क्षेत्रमा पुगेका थिए । अधिकारीका अनुसार बिहीबार एकै दिन १ लाख ७५ हजार बरावरको अण्डा वितरण गरिएको छ ।
ति अण्डा उनीहरुले किसानसँंग खरिद गरेका थिए । यहीँ अवस्था धेरै दिन रहे अण्डा विग्रन्छ संचालक अधिकारीले भने – तत्काल विक्री त हुनछ तर मानवीय सेवाको भावले वितरण गरेका हौँ ।








