तीन करोडको लगानीमा खुल्यो ज्याकवास

फागुन २९, चितवन । पूर्व पश्चिम राजमार्गबाट करिब १० किलो मिटर उत्तर तर्फ रहेको चितवनको पदमपुरमा तीन करोडको लगानीमा चौधरी ज्याकवास तथा रिकण्डिसन हाउस सञ्चालनमा आएको छ । 

लामो समयदेखी मोटरसाईकल खरिद बिक्री गर्दै आएका कुमार चौधरीले सिर्जना चोकमा चौधरी ज्याकवास तथा रिकण्डिसन हाउस संचालनमा ल्याएका हुन् ।  पदमपुर शहरीकरण उन्मुख रहेको र मोटरसाईकलको बढ्दो मागलाई मध्यनजर गर्दै मोटरसाइकल एक्सचेन्ज अफर सहितको ज्याकवास सञ्चालनमा ल्याएको चौधरीले बताए ।  

बिहीवार कुमार चौधरीका बुवा ६५ बर्षीय पिउर महतोले रिवन काटेर ज्याकवासको उद्घाटन गरे । करिब तीन कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरी चौधरीले व्यवस्थित रुपमा व्यवसाय सुरु गरेका छन् ।  रत्ननगरमा रहेको बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता निसास मोटर्सका सञ्चालक संजिब थापाले बजारिकरणका रुपमा बिकास हुँदै गएको पदमपुरमा सञ्चालनमा आएको ज्याकवासले ग्राहकको आवश्यकता र सन्तुष्टिलाई पुरा गर्ने विश्वास व्यक्त गरे । रिकण्डिसन हाउसमा बजाज मोटरसाईकल बिक्री हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *