निशाले किन डिलिट गर्न लगाइन् प्रियंकाको विवाह तस्विर ? (हेर्नुहोस् विवाहका तस्विरहरु)
२०७६ फागुन १८ गते

फागुन १८, काठमाडौं । फागुन १५ गते कोर्ट म्यारिज गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले १६ गते परम्परागत रुपमा विवाह गरे ।
लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुले विवाहकै दिन पार्क भिलामा रिसेप्सन पार्टी पनि आयोजना गरेका थिए । विवाह समारोहमा मिडियालाई बोलाइएको थिएन, रिसेप्सन पार्टीमा भने पत्रकारहरु सहभागी थिए ।
विवाहका समयमै पुगेका केही फोटोपत्रकारहरुले प्रियंकालाई अन्माइरहेको केही तस्बिर लिन खोजेका थिए । तर नायिका निशा अधिकारी र साहना बज्रार्चायले गोपनीयता भंग गरेको भन्दै तस्बिर डिलिट गर्न लगाए ।

तस्विरहरूः वेडिङ सिटी
२०७६ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








