सुदूरपश्चिममा कोरोना परीक्षणमा समस्याः भीम रावल

चैत्र ९, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले सुदूरपश्चिम प्रदेशमा आवश्यक उपकरणको अभावमा स्वास्थ्य जाँचमा समस्या देखिएको बताएका छन्। विशेष गरी भारतसँग जोडिएका नाकाहरूमा स्वास्थ्य जाँचमा समस्या आएको उनले बताए।
आज सामाजिक सञ्जालमार्फत स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन्। कोरोना संक्रमण विश्वभर फैलिरहेको अवस्थामा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने उपकरणहरू तुरुन्त पठाउन आग्रह गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि प्रतिनिधिसभामा बोलेको थिएँ। सु.प. प्रदेशको गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएको छ। स्वास्थ्यकर्मी, ल्किनिकल मास्क, सुरक्षा पोसाक, स्वास्थ्य जाँच उपकरण, ओखती तुरुन्त पठाइयोस्।’









