कोरोना संक्रमण व्यवस्थापनका लागि प्रतिष्ठानको तयारी तिव्र

चैत्र ९, धरान,सुनसरी । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संभावित संक्रमणलाई व्यवस्थापन गर्न वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारी अन्य अस्पतालको तुलनामा दु्रत गतिमा अघि बढिरहेको छ ।
प्रतिष्ठानले महामारीको खतराबाट मुक्त पार्न बनेको ¥यापीङ रेस्पोन्स टीमले आज (आईतबार) पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएको हो ।
सम्मेलनमा टीमका प्रमुख तथा प्रतिष्ठानका निर्दैशक डा. गौरी शंकर शाहले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार नै आफुरुले महामारी सँगै परिआएको खण्डमा जुध्न सक्ने गरी तयारी गरेको बताए ।

शाहले त्यसका लागि आन्तरिक तयारी सेवा अन्र्तगतको स्वास्थ्य बीमा, इ सी एच एस सेवा अर्थात भुतपुर्व भारतीय सैनिकहरुका लागि छुटटै बनाईएको स्वास्थ्य सेवा अन्र्तगत रहेर नै सबै तयारी पुरा गरेको जानकारी दिए ।
जसमा विरामीहरुमा कोभिड १९ को सम्भावित संक्रमण वा लक्षणहरु देखिएमा जीओपीडी अगाडीको हेल्प डेक्स पठाई आवश्यक उपचार सेवा प्रदान गरिनेछ । भने नियमित फलोअप तथा शल्यक्रियाहरु जुन तत्काल नगरी विरामीहरुलाई थप जोखिम हुदैन त्यस्ता सेवाहरु आउँदो २ हप्तासम्म स्थगन गरिनेछ ।
त्यस्तै नियमित फ्लोअपमा आउने विरामीहरु (जसलाई तत्काल उपचार नगर्दा थप जोखिम हुँदैन) त्यस्ता बिरामीहरुलाई आउँदो २ हप्तासम्म फ्लोअपमा नबोलाउने, विरामीहरुले नियमित स्वास्थ्य परार्मश लिनको लागि विभिन्न विभागको विशेषज्ञ चिकित्सकहरुबाट जम्मा १२ हेल्पलाईन टेलिफोन सेवा, ओ.पी.डी. समय (विहान ९ बजे देखि वेलुकी ५ बजेसम्म ) २ वटा विशेष कोरोना हेल्प लाइन सेवा र एउटा ईमरजेन्सी हेल्प लाईन सेवा समेत उपलब्ध गराइनेछ ।
त्यसैगरी प्रतिष्ठानले हेल्प लाईन टेलिफोनमा चिकित्सक सँग परार्मश पश्चात आवश्यक परे मात्र सम्बन्धित चिकित्सकले बिरामीलाई अस्पतालमा आउन निर्देशन दिएको निर्दैशक शाहले बताए ।
त्यस्तै अस्पताल आउँदा विरामीहरुलाई एक अर्कासँग करिब १ मिटरको दुरीमा उभिन लगाउने, धरान उपमहानगरपालिका र रेडक्रसको सहयोग र इलाका प्रशासन कार्यालयको रोहबरमा कोभिड १९ का सम्भावित संक्रमण भएका विरामीहरुलाई आवश्यकता अनुसारको होम आईसोलेशन वा होम क्वारेनटाईनमा लैजाने र ल्याउने व्यवस्था गरिएको निर्णय पनि ¥यापीङ रेस्पोन्स टीमले गरेकोछ ।
सबैभन्दा महत्वपुर्ण कुरा कोभिड १९ को परिक्षण गर्न ल्यावलाई तयारी अवस्थामा राखि सकिएको समेत जनाउँदै टीमले भेन्टीलेटर सहितको ‘कोरोना आईसिय’ थप २० बेडको विस्तार गर्दै क्षमता बढाउने तयारी समेत गरिसकेको छ ।
प्रतिष्ठानको ¥यापीङ रेस्पोन्स टीमको सदस्यहरुको सहयोग तथा त्यँहा कार्यरक्त डाक्टर र नर्सहरुको सक्रियता र सावधानीका साथ हेल्प डेक्सका साथै छुटै रुपमा फिबर क्लिनीक पनि संचालनमा ल्याउने प्रतिष्ठानले जनाएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि केही दिन अघि र्या्पिड रेस्पोन्स टिमको बैठकले यस्तो निर्णय गरेको थियो ।
सोही बैठकले संघीय स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार २ साताको लागि विस्तारित सेवा स्थगन गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका अनुसार पेइङ सेवा, स्वास्थ्य विमा र भारतीय पेन्सनरहरुलाई दिइँदै आएको इसिएचएस विस्तारित सेवा स्थगन भएको छ । भने नेपाल सरकारले २५ जना भन्दा बढी भेला हुन रोके पनि अस्पतालमा अत्यधिक भिडभाड हुने भएकोले यस्तो निर्णय गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।








