कोरोना भाइरससँग लड्न अमेरिकाद्वारा नेपाललाई सहयोग

फागुन २३, काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना भाइरस फैलिन नदिनका लागि उपकरण, सर्जिकल माक्स लगायत सामग्री उपलब्ध गराएको छ ।   

अमेरिकाले युएसआइडी नेपाल मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई तीन हजार माक्स दुई हजार पाँच सय चेहरा कवच,  दुई हजार जुत्ता ढाक्ने खोल, दुई हजार एक सय सर्जिकल टोपी, एक हजार ट्राउजर तथा ट्युनिकस मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।  

दुतावासले यसका अलावा १० वटा थर्मो फ्ल्यास थर्मोमिटर, व्यक्तिगत सुरक्षा उपकरण ७ थान, लेटेक्स पन्जा ४०० थान, र जैविक जोखिमका वस्तु बोक्ने झोला ११० थान लगायत अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।   

उक्त सामग्रीहरु युएसआइडी नेपालकी निमित्त मिशन निर्देशक एड्रियाना हएसले स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई हस्तान्तरण गरिन् । यसै साता अमेरिकी सरकारले नेपाल लगायत २५ कोरोना भाइरस फैलिएका र फैलिन सक्ने मुलुकहरूमा नियन्त्रण र रोकथाम प्रयासको लागि झण्डै ३ करोड ७० लाख डलर बराबरको आपतकालिन सहयोग दिने घोषणा गरेको थियो । 

सोहि अनुरुप नेपाललाई सहयोग प्रदान गरिएको नेपालका लागि अमेरिकी दुतावासले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =