जहाँ पनि पुरुषको दबदबा छः रेखा थापा

फागुन २५, काठमाडौं । अभिनेत्री रेखा थापाले जहाँपनि पुरुषको दबदबा रहेको बताएकी छिन् ।  

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा नायिका थापाले यस्तो बताएकी हुन् ।  

‘यो देशमा महिलालाई महिला बनाउने तालिम दिइन्छ । यो समाजले घर परिवार, राज्य र साथी सबैले छोरी भएकै कारण अवसरबाट बञ्चित गर्छन्’, थापाले भनिन्– ‘आज पनि पुरुषकै दबदबा कायम छ हाम्रो अस्तित्व कहाँ छ ?’ 

उनका अनुसार केही समय अगाडीको डाटा हेर्दा ९० सेकेन्डमा महिला सुत्केरी भईरहेका छन् । विश्व रेकर्डमा हेर्नुपर्दा ६० करोड महिला घरेलु हिंसामा परेका छन् । विश्व भरमा ५५ करोड महिला अशिक्षित हुँदा पुरुष २५ करोड मात्र छन् । 

उनले कोटो प्रविधिको विरोधी भएको बताउँदै सहरमा बसेर हामी नारी दिवस र महिला अधिकारको कुरा गरेर नहुने बताइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =