भारतको सिमासंग जोडिएको सिमास्तम्भको स्तरोन्नति कार्य तिब्र रुपमा

फागुन २१, काठमाडाैँ । सुदुर पश्चिम प्रदेश को भारतको सिमा सङ्ग जोडिएको सिमास्तम्भ हरुको स्तरोन्नति कार्य तिब्ररुपमा सुरु भएको छ । नेपाली टोलीमा सर्भेक्षण टोलि नं. ४ का नापी प्रमुख सुदर्शन सिह धामी को नेतृत्व मा ६ जना र भारतीय टोलीका सर्भेयर नेत्र सिंह सहितको टोली रहेको छ
खक्रौलास्थित बोर्डर आउट पोस्टका इन्चार्ज शसत्र प्रहरी निरीक्षक चन्द्र देब भट्टले जोडी अङ्क को पिल्लर भारतले र बिजोडी अङ्क रहेको पिल्लरको नेपाल ले स्तरोन्नति गर्ने निति अनुरुप कार्य भइ रहेको बताए ।
भजनी नगरपालिका अन्तर्गत ७०९का सहायक पिल्लर १,२,३,४,५,६,७,८ नम्बर र टिकापुर नगरपालिका अन्तर्गत ७०३ पिल्लर का सहायक पिल्लर १,२,३,४ को स्तरोन्नति भइ रहेको नापी प्रमुख सुदर्शन सिंह धामिले बताए ।

पुरानो पिल्लरहरु सानो हुनाले बाढिले गर्दा प्रायजसो हराउने नदेखिने समस्या रहेकोले अब स्तरोन्नति पछि सिमामा रहेका सुरक्षा कर्मीहरुलाइ सिमा सुरक्षा गर्न सहज हुने नापी प्रमुख धामि बताउँछन् ।








