स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा १५ वटा हेल्पलाइन सेवा शुरु

चैत्र १०, धरान सुनसरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमलाई कम गर्न सोमबारबाट १५ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा धेरै भिडभाडहुने भएकाले सर्वसाधारणलाई घरबाटै स्वास्थ्य परामर्श लिन सहज होस् भनेर यस्तो व्यवस्था गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा.अशोक ऐरले जानकारी दिए ।
डा. ऐरका अनुसार सम्बन्धित विभागको नम्बरमा बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म आवश्यक परामर्श लिन, कुनै पनि बिरामी ले (इमर्जेन्सी बाहेक) दिइएको हेल्प लाईनमा परामर्श लिन र आवश्यक परेमा चिकित्सकले आफै अस्पतालमा बोलाउने समेतको सुविधा दिने व्यवस्था गरेको छ । साथै सम्बन्धी व्यक्तिले परामर्श लिँदा छोटो र उपयुक्त परामर्श लिन तथा अनावश्यक फोन नगरिदिन पनि अनुरोध गरिएको छ ।

प्रतिष्ठानका अनुसार १३ वटा हेल्पलाइन सेवा विभिन्न विभागलाई दिइएको छ । २ वटा अति आवश्यक ईमेरजेन्सी सेवा समेत सुचारु गरिएको छ ।
जहाँ कोरोना भाईरसका बिरामीका लागि मोवाईल नम्बर ९८०२७९५२५२ र ९८०२७९५३४९, डेन्टल डिपार्टतर्फ मोवाईल नम्बर ९८०५३१६७३०, पेडियाट्रिक्स तर्फको मोवाईल नबर ९८०२७९५३४३, डर्माटोलोजी तर्फको मोवाईल नम्बर ९८०५३१६७९१, ईमेरजेन्सी मेडिसिन तर्फको मोवाईल नम्बर ९८०५३१६७०६, साईकेट्री तर्फको मोवाईल नम्बर ९८०५३१६७८५, अर्थौपेडिक्स तर्फको मोवाईल नम्बर ९८०५३१६७०५, सर्जरी तर्फको मोबाइल नम्बर ९८०५३१६७०९, ईएनटी तर्फको मोवाईल नम्बर ९८०५३१६७०३, ईन्टरनल मेडिसिन तर्फको मोवाईल नम्बर ९८०५३१६७२५, कार्डियोलोजी तर्फको मोवाईल नम्बर ९८०५३१६८१६, अफ्थालमोलोजी तर्फको मोवाईल नम्बर ९८०५३१६८२९, गाईनोक्लोजी तर्फको मोवाईल नम्बर ९८०५३१६८३४ र पल्मोनरी तर्फको मोवाईल नम्बर ९८०५३१६८२५ मा सम्पर्क गर्न सकिनेछ ।
कोरोनाको शंका लागेका बिरामीहरुले अस्पताल आउनुपूर्व सम्बन्धित विभागको हेल्पलाइनमा सम्पर्क गरेर मात्र आउन अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए ।
यसैबीच आज सोमबारदेखि लामो रुटको गाडी बन्दको कारण धरानको भानुचोकमा अलपत्र परेका यात्रुहरुलाई गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ ।
धरान उपमहानगरपालिका, स्थानीय प्रहरी र यातायात व्यवसायीहरुको सहकार्यमा ५ वटा गाडीको व्यवस्था गरी धरानको भानुचौकमा अलपत्र परेका यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको छ ।
जसमध्ये भोजपुरका लागि २ वटा गाडी, संखुवासभाका लागि १ र तेह्रथुमका लागि २ वटा गाडीको व्यवस्था गरि यात्रुहरुलाई पठाइएको धरानका मेयर तिलक राईले जानकारी दिए ।
उता ईलाका प्रहरी कायाृलय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले एक जिल्लाबाट अर्को जिल्लाको यातायात नचल्ने भए पनि पहाडी जिल्लाका यात्रुहरु अलपत्र परेकोले गाडीको व्यवस्था गरेर पठाइएको बताए ।








