कोरोनाको त्रासः ‘प्रेमगीत ३’ रिलिज र ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित

चैत्र ७, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभीड–१९) को  कारणले चलचित्र ‘प्रेमगीत ३’ रिलिज मिति र ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित गरिएको छ ।   

सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण चलचित्र हल बन्द गर्न  निर्देशन दिएसँगै चलचित्र   ‘प्रेमगीत ३’ को रिलिज मिति स्थगित गरिएको यस चलचित्रका  निर्माता सन्तोस सेनले बताए ।   

दुई गीत र टिजर सार्वजनिक भईसकेको  ‘प्रेमगीत ३’ को चैत्र २८ गते प्रदर्शनमा आउँने तयारी रहेको थियो । सुटिङ  नै नसकिएको यस चलचित्रको प्रदर्शन मिति स्थगित भएपछी । सुटिङको लागि अझ समय मिलेको  निर्माता  सेन बताउँछन् ।   

ऐतिहासिक प्रेमकथामा निर्माण गरिएको ‘प्रेमगीत ३’ मा  प्रदीप खड्का, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको भूमिका रहेको छ । 

त्यसैगरी कोरोना भाइरसकै त्रासको कारण चलचित्र  ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित गरिएको छ ।   

चलचित्रको निर्देशक झरना थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस अपडेट गर्दै चलचित्रका टिमको केहि तस्वीर सेयर गर्दै  ‘ए मेरो हजुर ४’ को छायांकन स्थगित गरिएको जानकारी गराएकी हुन् । 

उनले केहि दिनको लागि चलचित्र स्थगित गरिएको जानकारी गराउँदै लेखेकी छिन्, सुहाना इन्टरटेन्टमेन्ट प्रा लि को प्रस्तुति चलचित्र ए मेरो हजुर -४ को छायांकन केहि दिनको लागि रोकिएको छ ! मानव जति लाइ नै चुनौति बनि रहेको (कोविड-१९ )कोरोना संक्रमण बाट बच्न ,सतर्कता अपनाउन,हामी सबै एक जुट हुनै पर्छ! यस बाट कलाकार प्राबिधिकहरुमा पर्न गएको असुबिधा प्रति हामी सजग छौ ! आफनो स्वस्थ र जीवन भन्दा ठुलो केहि हुन सक्दैन ! हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौ ! हरे कृष्ण !! 

केहि हप्ता अघि मात्र छायांकन सुरु भएको यस चलचित्रको बुधवार सरकारले फिल्म हल बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि छायांकन रोकिएको हो । चलचित्रमा अनमोल केसी, सुहाना थापा सलोन बस्नेत, लक्ष्मी गिरी, रेअर राई, सुरक्षा गौतम, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =