नयाँ अभियानको नेतृत्व गर्दै पूर्वडीआईजी रमेश खरेल, औपचारिक घोषणा आज

फागुन २९, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले नयाँ अभियानको नेतृत्व गर्दैछन् । खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुरु भएको हो ।   

पूर्वडीआईजी खरेलले आज काठमाडौंमा एक कार्यक्रमकाबीच राजनीतिक दलमासमेत रूपान्तरण हुन सक्नेगरी सो अभियानको औपचारिक घोषणा गर्न लागेका हुन् । अभियानमार्फत भ्रष्टाचारको विरोध, राजनीतिक शुद्धीकरण, सुशासन, विधिको शासन लगायतका पक्षमा वकालत गर्ने खरेलले बताए । 

उनका अनुसार अभियानमा देवेन्द्र सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव, रोशन श्रेष्ठ लगायत जोडिएका छन् । यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा घोषणा हुनुअघि नै त्यसबाट खरेलसहित केही व्यक्ति बाहिरिएको थिए । 

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि राजीनामा दिएका उनी प्रहरी संगठनमा कार्यरत रहँदा सरुवारबढुवाका लागि ब्रिफकेस बोकेर धाउनुपर्ने भनेर विवादमा आएका थिए । प्रहरी संगठनमा काम गर्दा उनले असर प्रहरी अधिकृतको छवि बनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =