पञ्चकन्या ग्रुपले मनाए अन्तर्राष्ट्रिय नारी दिवस

फागुन २५, काठमाडौँ । ललितपुरको कृष्णगल्लीमा केन्द्रीय कार्यालय रहेको पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।   

यस ग्रुपले फागुन २३ गते  एक कार्यक्रमको आयोजना गरी एक आपसमा शुभकामना आदान–प्रदान गरी नारी दिवस मनाएको हो ।   

सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।   

कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य राखेका थिए भने  सो ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न बिभिन्न उपहारहरु समेत प्रदान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =