अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
२०७६ चैत १४ गते

चैत्र १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका छन् ।
स्वास्थ्य अवस्थामा सुधार आएपछि प्रम ओलीलाई अस्पतालले आज साँझ डिस्चार्ज गरेको उनका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । प्रम ओलीको स्वास्थ्यबारे जानकारी लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु अस्पताल पुगेका थिए ।
मिर्गौला प्रत्यारोपण गरी फागुन ३० गते बालुवाटार फर्किएका ओलीको मुटुको धड्कन बढेपछि उनलाई बिहीबार राति त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

२०७६ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








