कोरोनाविरुद्ध लड्न प्रदेश २ सरकारले गर्यो २५ करोडको कोष स्थापना

चैत्र १३, जनकपुरधाम । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न तथा जोखिम न्युनिकरण गर्न प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ ।  

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । 

मन्त्री यादवका अनुसार प्रदेश सरकारको तर्फबाट स्थापना गरिएको कोषमा सम्पूर्ण मन्त्रीहरुले आफ्नो एक महिनाको तलब सहयोग गर्ने भएका छन् भने  समाजिक संघसंस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई पनि राहत कोषमा सहयोग गर्न आह्वान गरिएको छ ।  

बैठकले महामारी नियन्त्रणको लागि मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्च स्तरीय निर्देशन समिति गठन समेत गरेको छ । 

यस्तै, प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोनासम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *