नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु
२०७६ चैत ७ गते

चैत ७, बौनिया । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । जिल्लााको बर्दगोरीया गाउँपालिका वडा नं. १ कट्टीपुर मुडा कान्द्रा नदीमा डुवेर शुक्रबार दिउँसो १ बजे बालकको मृत्यु भएको हो ।
१ बजे नदिमा डुवेर हराएका उनलाई मृत अवस्थामा ३ बजे नदिबाट निकालिएको थियो । उनलाई खोज्न स्थानिय, प्रहरी प्रशासन र डोजरको प्रयोग गरीएको थियो । गाउपालिकाको वडा नं. १ निवासी एकेन्द्र बहादुर ओलीका १५ वर्षिय छोरा आशिष ओलीको मृत्यु भएको ईलाक प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।
साथिहरु संग क्रिकेट खेल्न कट्टीपुर मैदान गएका आशिषको नदिमा नुहाउदा डुवेर मृत्यु भएको हो । उनि स्थानिय माईकी मेडीएम ईङलिस बोर्डिङ स्कुल कक्षा ६ मा अध्ययनरत थिए । शवलाई पोष्ट मार्टम गर्न धनगढी पठाईएको प्रहरीले जानकारी दिएको छ ।

२०७६ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








