रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

फाेटाे स्राेतः गुगल 

फागुन २२, मुग्लिन । बिहिबार दिउँसो चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।   

आज दिनको १ः४५ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा रोकि राखेको ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो भने उक्त मोटरसाइलमा सवार अन्य दुई जना घाइते भएका हुन् ।   

Image result for ट्रकमा मोटरसाइकल ठोक्किँदा

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना३०प ९५६९ नंको मोटरसाइकल सोही स्थानमा रोकिराखेको ना७ख ४९५१ नंको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।   

मृत्यु हुनेमा  नवलपुर कावासोती–९ का  ३८ वर्षिय मोटरसाइकल चालक  नरबहादुर थापा रहेका छन् ।  घाइते हुनेमा मृतकका छोरा पाँच वर्षका विवश थापा र सोही स्थानका २७ वर्षका अमृत बोहोरा रहेको रहेका छन् ।  प्रहरीका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।   

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =